शान्तिनगरका ३ जनामा काेराेना संक्रमण

असार २७, २०७७

तुलसीपुर। शान्तिनगर गाउँपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हाे ।

 प्रतिष्ठानमा पुष्टि भएका वडा नम्बर ३ का वर्ष ५७ का एक पुरुष, ४ का वर्ष ४५ क का र ६ का वर्ष २६ का पुरुषहरुमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु सबै क्वारेन्टाइनमा वस्दै अाएकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस