तुलसीपुरमा ३४ जना कोरोनामुक्त

असार २७, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका ४९ कोरोना संक्रमित मध्ये ३४ जना कोरोनामुक्त भएका छन् । संक्रमण नेगेटिभ भएर बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालबाट अहिलेसम्म डिस्चार्ज भएका हुन् ।

शनिवार मात्रै ७ जना कोरोना संक्रमण नेगेटिभ भएर घर फर्किएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले संक्रमित अन्यको अवस्था पनि सामान्य रहेको वताए ।

प्रतिक्रिया दिनुहोस