नेपालमा कोरोनाबाट ३६ काे ज्यान गयाे

असार २७, २०७७

तुलसीपुर । कोरोनाका कारण नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो । 

काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । मिर्गौलाका बिरामी उनको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । “स्वासप्रश्वासमा समस्या रहेकाले कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो,” केएमसी अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले भने, “नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापनका लागि लगेको छ ।”

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । ८ हजार ११ जना निको भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस