तुलसीपुरमा सडक सौन्दर्यीकरणको सुरुवात

असार २६, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सडक सौन्दर्यीकरणको सुरुवात गरेको छ । बजार क्षेत्रलाई सुन्दर र आकर्षक वनाउनका लागि प्रदेश सरकारको सहयोगमा यस्तो अभियानको सुरुवात गरिएको हो । पहिलो चरणमा तुलसीपुर प्रवेश गर्ने हात्तिखौवादेखि वजारसम्मको फोरलेन सडकमा यस्तो सौन्दर्यीकरणको सुरुवात गरिएको हो ।

विभिन्न एक दर्जन प्रजातिका विरुवा लगाएर यसको सुरुवात गरिएको हो । सडकमा करविर,कपुर, छतिवन,गुलमोहर, निम, फल्ची, चाँप लगायतका विभिन्न विरुवा लगाइएको छ ।


कार्यक्रमको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटीको अवधारणा अनुसार काम अगाडि वढाइएको वताए । उनले बजार क्षेत्रलाई सुन्दर वनाउनु सबैको दायित्व भएको समेत वताए । “ यो अभियानमा सबैको सहयोग भएकाले मात्रै सम्भव भएको हो ।” नगर प्रमुख पाण्डेले भने । उनले विभिन्न टोल विकास संस्था र निजी क्षेत्रको सहयोगमा थप सौन्दर्यकरणको काम अगाडि वढाइने वताए ।

जिल्ला वन अधिकृत दिपक ज्ञवालीले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत सडक सौन्दर्यकरणका लागि दाङ्गका विभिन्न सहरमा विरुवारोपण गरिएको वताए । “स्थानीय सरकारले सुरक्षा लगायत अन्य व्यवस्था गर्ने गरी हामीले विरुवाको सहयोग गरिरहेका छौ” उनले भने । जिल्लाभरमा १५ सय विरुवा लगाउने तयारी गरिएको समेत उनले जानकारी दिए । “सडकलाई सुन्दर वनाउनका लागि कसैलाई विरुवा चाहिए हामी दिन तयार छौ” वन अधिकृत ज्ञवालीले भने ।


संविधान सभा सदस्य वुद्धिराम भण्डारीले विरुवा लगाएसँगै त्यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने वताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले शहरको सुन्दरताका लागि निजी क्षेत्रले काम गर्न तयार रहेको वताए ।

वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अधिकृत भिमप्रकाश खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस