पछिल्लो १४ दिनमा कति कोरोना संक्रमित थपिए? यस्तो छ तथ्यांक

असार २५, २०७७

नेपालमा पछिल्लो केही दिनको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिन्छ। सरकारले परीक्षणको दायरा घटाउँदै गएपछि संक्रमितको संख्या पनि घटेको हो।

स्वास्थ्य मन्त्रालयले असार १५ देखि हरेक दिन १० हजारको परीक्षण गर्ने बताएको थियो। तर असार २४ गतेसम्म पनि उक्त लक्ष्य अनुसार काम भएको छैन। बरु केही दिनयता उल्टै परीक्षणको संख्या घटेको देखिन्छ।

पछिल्लो २४ दिनको तथ्यांक हेर्दा एकै दिन ७४० जनासम्म भेटिएको तथ्यांक छ। तर त्यसपछि सरकारले परीक्षणको दायरा नै घटाएको छ। दैनिक १० हजारको परीक्षण गर्ने बताइए पनि पछिल्ला केही दिनयता दैनिक ४ देखि ५ हजार जनाको मात्र परीक्षण भइरहेको छ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो १४ दिनमा नेपालमा ५ हजार ६ सय ९५ जना संक्रमित थपिएका छन्। 

यस्तो छ पछिल्लो १४ दिनमा थपिएका संक्रमितको तथ्यांक
असार २४ गते २५५ जना
असार २३ गते २०४ जना
असार २२ गते १८० जना
असार २१ गते २९३ जना
असार २० गते २३२ जना
असार १९ गते ७४० जना
असार १८ गते ४७३ जना
असार १७ गते ४८२ जना
असार १६ गते ३१६ जना
असार १५ गते ४७६ जना
असार १४ गते ४६३ जना
असार १३ गते ५५४ जना
असार १२ गते ५९३ जना
असार ११ गते ४३४ जना
 

प्रतिक्रिया दिनुहोस