दङ्गाली करण र सिर्जुको हाइ मेरी पियारी…(भिडियो सहित )

असार २५, २०७७

उहि मुलाको सिन्की, हाइ मेरी तिते करेली लगायतका हिट लोकगीतहरु सिर्जना गरेको दङ्गाली सर्जक करण न्यौपानेले यसपटक तिज गीत बजारमा ल्याएका छन् । दङ्गाली गायिका सिर्जु अधिकारी र माण्डवी त्रिपाठीले स्वर दिएको हाइ मेरी पियारी बोलको गीतले अहिले युट्युवमा दर्शक बटुलिरहेको छ ।


कोरोनाका कारण यो बर्ष मनको मेख मार्ने गरी नाँच्न नपाएको गुनासो गीतमा गरिएको छ ।

नेपाली कला र संस्कृति सुँहाउँदो गीत भएकाले पनि लोकप्रिय वनेको सर्जक न्यौपानेले खबरशालालाई बताए । उनले यो गीतले नेपाली सँस्कृतिको जगेर्नामा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।


गीतको भिडियोमा गायिका अधिकारीका साथै मोडल रक्षा श्रेष्ठको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस