तुलसीपुर रोटरीको अध्यक्षमा हमाल

असार २४, २०७७

रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा यातायात व्यवसायी सुरेश हमाल चयन भएका छन् । तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

सन् २०२०-२१ का लागि चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा देववहादुर केसी, भावी अध्यक्षमा शिव श्रेष्ठ, प्रस्तावित अध्यक्षमा यज्ञवहादुर केसी, उपाध्यक्षमा पवन कुमार योगी, बिनिल केसी र सन्दिपन रिजाल रहेका छन ।

एकवर्षका लागि नै चुनिएको कार्यसमितिको सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गा बहादुर केसी र सहसचिवमा बुद्ध प्रकाश सिंह रहेका छन। त्यसैगरी चेयर क्लब एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्विस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरशिपमा सञ्जय पराजुली, चेयर पब्लिक ईमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेत चयन भएका छन् ।

क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी ईन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल-भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण रोटरियनहरुलाई आग्रह गरेका थिए ।

रोटरीको ६ वटा लक्षित क्षेत्र शिक्षा, स्वास्थ्य, बातावरण, खानेपानी, मातृ शिशु र सामुदायिक बिकासलाई केन्द्रमा राखेर कार्ययोजना बनाउन नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितीलाई सुझाव दिए । क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई लगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु बिमल रिजाल, ललित बहादुर घर्ती, विर बहादुर रावत, तुफानबाबु श्रेष्ठ, रिपोर्टस क्लब अफ दाङका अध्यक्ष शरद रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रोटरी वर्ष २०१९-२० को आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष देववहादुर केसीले मायाको चिनो प्रदान गरेका थिए । दुई चरणमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण वर्ष २०१९-२० का सचिव सन्दिपन रिजाल र वर्ष २०२०-२१ का सचिव देवेन्द्र केसीले गरेका थिए ।

अध्यक्ष हमाललाई क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कुशल तर्तालले सपथ खुवाएका थिए ।  

प्रतिक्रिया दिनुहोस