तुलसीपुरका १ सहित दाङमा ३ काेराेना संक्रमित थपिए

असार २४, २०७७

दाङमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

तुलसीपुर उपमहानगरपालिकाका- १५ का २२ वर्षीय पुरुष, बबई गाउँपालिका- ५ का २७ वर्षीय पुरुष र बंगलाचुली गाउँपालिका- ६ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमन फेला परेको हो।संक्रमित सबैजना क्वारेन्टाइनमा बस्दै आएकाहरु रहेका छन् ।
 
बाँके स्थित भेरी अस्पतालमा पिसिआर परीक्षणका क्रममा उनीहरूको रिपार्ट पोजेटिभ आएको हो। योसँगै दाङका ५९८ जनामा कोरोना संक्रमन पुष्टि भएको छ। त्यसमध्य दूई सय बढी मानिसहरू उपचार पछि घर फर्किसकेका छन्। 

सोमबार काठमाडौंमा बस्दै आएका दाङका थप दुई जनामा पनि कोरोना संक्रमन पुष्टि भएको थियो। उनीहरूलाई भने दाङका संक्रमितको सूचिमा राखिएको छैन।

प्रतिक्रिया दिनुहोस