सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको यस्तो तयारी

असार २४, २०७७

काठमाडौं । लकडाउनका कारण बन्द सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन जारी गरेका छन् । जानकारी अनुसार दुईजना यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी निर्णय भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको हो ।

एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई दिइएकाेछ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने जनाइएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमणलाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस