एकैदिन २ लाखभन्दा धेरै संक्रमित थपिए

असार २४, २०७७

विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ, भने मृतकको संख्यासमेत घट्न सकेको छैन।

विश्वभर हरेक दिन करिब दुई लाखको हाराहारीमा नयाँ संक्रमित थपिँदै गइरहेका छन्। ५ हजारभन्दा बढीको ज्यान गइरहेको छ।

पछिल्लोे २४ घन्टामा विश्वभर कोरोनाका कारण ५ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ। यो अवधिमा २ लाख ७ हजार ५ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा एक दिनमा ९ सय ९२ जनाको मृत्यु भएको छ। जहाँ ५५ हजार २ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ९ सय ७१ पुगेको छ। कुल संक्रमितको संख्या ३० लाख ९६ हजार ८ सय ९७ पुगेको छ।

अमेरिकामा देखिएका संक्रमितमध्ये १५ हजार ३ सय ७१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। संक्रमितमध्ये १३ लाख ५४ हजार ८ सय ६३ जना उपचारपछि निको भर घर फर्किएका छन्।

कोरोनाबाट हुने मृत्युदर दिनप्रतिदिन बढ्दै गइरहेको ब्राजिलमा एकैदिनमा १ हजार ३ सय १२ जनाको ज्यान गएको छ। थप ४८ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएको छ।

यी दुई देशमध्ये पछिल्लो समय अमेरिकामा संक्रमणदर तथा ब्राजिलमा मृत्युदर बढी छ।

ब्राजिलमा कोरोनाबाट बुधबारसम्म ६६ हजार ८ सय ६८ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या १६ लाख ७४ हजार ६ सय ५५ पुगेको छ।

संक्रमितमध्ये १० लाख ७२ हजार २ सय २९ जना निको भएका छन्। तर, ८ हजार ३ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोनाबाट प्रभावित मुलुकको तेस्रो  नम्बरमा रहेको भारतमा पछिल्लो २४ घन्टामा ४ सय ७९ जनाको मृत्यु भएको छ। यो अवधिमा २३ हजार १ सय ३५ जना संक्रमित थपिएका छन्। भारतमा कोरोनाका कारण दैनिक करिब ५ सयको ज्यान गइरहेको छ। 

बुधबारसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ५३  पुगेको छ। त्यहाँ कुल संक्रमितको संख्या ७ लाख ४३ हजार ४ सय ८१ पुगेको छ। संक्रमितमध्ये ४ लाख ५७ हजार ५८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। तर ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोनाबाट प्रभावित देशको सूचीमा चौथो नम्बरमा रहेको रुसमा एकैदिन १ सय ९८ जनाको मृत्यु भएको छ। त्यहाँ ६ हजार ३ सय ६८ संक्रमित थपिएका छन्।

रुसमा संक्रमितको संख्या ६ लाख ९४ हजार २ सय २० पुग्दा ज्यान गुमाउनेको संख्या १० हजार ४ सय ९४ पुगेको छ। संक्रमितमध्ये ४ लाख ६३ हजार ८ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन्।
 

प्रतिक्रिया दिनुहोस