नेपालमा कोरोना, सलह र बाढीकाे सन्त्रास

असार २३, २०७७  |  ६८६ पटक पढिएको

विपद्, गरिबको र विपन्नको मात्र विषय नभई सुविधा सम्पन्नहरुको अनिप्राज्ञिक एवं वातावरणीय विषयवस्तु पनि हो । यो सबै किसिमका व्यक्ति, समूह र निकाय,मानविय, सामाजिक, राजनीतिक, आर्थिक तथा वातावरणीय सम्बन्ध र स्वार्थहरू जोडिएको एक महत्वपूर्ण तर जटिल विषय पनि हो ।

यसलाई मानवीय पाटोका विषयवस्तु र जनजीविकासँगको अन्तरसम्बन्धको मुख्य विषय मान्न सकिन्छ । विपद्कोउचित व्यवस्थापनका लागि सामाजिक–सांस्कृतिक पक्षहरू व्यावहारिक अनुभवका आधारमा निकै चुनौतीपूर्ण पनि छन् । यस वर्ष नेपालमा सन् २०२० को शुरुका केही महिनाबाट कोरोना अर्थात कोभिड १९, वि.सं. २०७७ नयाँ वर्षको शुरुवातका केही महिनाबाट सलह र आर्थिक वर्ष २०७७र०७८ शूरु हुनुपूर्व मौसमीे प्रभावबाट बाढी पहिरोको त्रासदिपूर्ण वातावरण देखिएका छन् ।

कोरोना संक्रमण फैलन नदिन विश्वभर अपनाईएको लकडाउन हालका दिनहरुमा खुकुलो बन्दै गएका कारण भिडभाड बढ्दै छ ।


सन् २०२० मा अदृष्य कोरोना विषाणुअर्थात कोभिड १९ ले विश्वभर तीव्र गतिमा मानव जीवनलाई तहस नहस पारिरहेको छ । कोरोना महामारीले नेपालमा मात्र होईन सम्पन्नरविपन्न ठुलोरसानो, शक्तिशालीरकमजोरमा भेदभाव नगरी विश्वभर आक्रमण गरी आतङ्क मच्चाईरहेको छ । नेपाल लगायत विश्वभर आफूलाई सर्वशक्तिमान् स्थानमा राख्ने मुलुकहरु समेत अहिले कोरोनसँग लुथ्रुक्क परिराखेका छन् । कोरोना विषाणु अर्थात कोभिड १९बाट नेपालीसमुदायपनि आक्रान्त छन् ।

कोरोनाविषाणुको संक्रमण जोखिम दिनप्रति दिन वृद्धि भैरहेको छ। कोरोना संक्रमणबाट नेपालमा मात्र यो लेख तयार पार्दासम्म ३४ जनाको ज्यान गैसक्यो । विश्वभर मृत्यु हुनेको संख्या ५ लाख नाघि सक्यो । कोरोना विषाणुको संक्रमण फैलिने गति तीब्र छ। संक्रमितको संख्या निरन्तर बढिरहेको छ । कोरोना संक्रमण फैलन नदिन विश्वभर अपनाईएको लकडाउन हालका दिनहरुमा खुकुलो बन्दै गएका कारण भिडभाड बढ्दै छ ।

विदेशमा भएका नेपाली नागरिकहरू स्वदेशमा भित्रिने क्रम बढेको छ । भारतमासंक्रमणबाट त्रसित नेपालीहरू नेपाल भित्रिएसँगसँगै संक्रमणको जोखिम बढिरहेको छ । नेपालमा पनि पछिल्लो समयमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । विश्वभर फैलिएको कोरोना विषाणुको कारण सबैतिर त्रास बढिरहेको छ ।

कृषि उत्पादन बढाउनु र उद्योग धन्दाहरूको आधार खडा गर्नु कम चुनौती छैन । उद्योग धन्दाहरूको लागि चाहिने कच्चा पदार्थव्यवस्थापनका लागि कृषिजन्य व्यवसायमा जोड दिनुपर्दछ ।

जसको कारण मानव समुदायका सामान्य जीवनयापनमा समेत चुनौती थपिँदै गएको छ । कोरोनाले सिर्जना गरेका विविध चुनौतीहरूकाबिच परिवारका सदस्यहरू प्रायस् एकत्रित भइरहेको देखिरहेका छौ । कोरोनालाई घरमै बसेर जितिने अहिले सम्मको अध्ययन र अनुभवले देखाईरहेको छ। कोरोनाको प्रतिकारगर्न घर भित्रै बस्नुपर्ने बाध्यतामा मानव समुदाय परेको छ। सम्पूर्ण जनसमुदाय भाइरससँग डराएर घर भित्रै अझै बसिरहेको अवस्था छ ।


सन् २०१९ को डिसेम्बरको अन्तिमतिर चीनको हुवानमा देखापरेको भनिएको विषाणुका कारण विश्वभरका मुलुकहरूमा आर्थिक गतिविधिहरू कुण्ठित बन्न पुगेका छन् । यसै शिलशिलामा नेपालीको आर्थिक अवस्था धारासायी बन्ने सम्भावना देखिएको छ । कृषि उत्पादन बढाउनु र उद्योग धन्दाहरूको आधार खडा गर्नु कम चुनौती छैन । उद्योग धन्दाहरूको लागि चाहिने कच्चा पदार्थ व्यवस्थापनका लागि कृषिजन्य व्यवसायमा जोड दिनुपर्दछ । कृषि लगायत औद्योगिक व्यवसायका लागि जनशक्तिको महत्वपूर्ण स्थान रहन्छ ।

कोरोनाको सन्त्रास परिस्थितिमा हामीले निकै संयमता अपनाउनुपर्दछ । हामीलाई कोरोना लाग्दैन या फलानो शक्तिले जोगाउँछ भनेर अनेक लापरवाही गर्नु पनि हुँदैन ।

विशेष गरि स्थानीय तहमा सरकारले जनशक्तिको सीप क्षमता सहितको अभिलेख तयार गरी आवश्यकता अनुसार कृषि लगायत विविध क्षेत्रमा व्यवसायीकताको प्रबन्ध र रोजगारीको उचित व्यवस्थापनका लागि पनि जोड दिन सकिन्छ । सबैभन्दा ठुलो कुरा त आफ्नै माटोमा केही गरौं भन्ने भावना पनि आमजनमानसमा जागरण भएको छ ।


कोरोनाको सन्त्रास परिस्थितिमा हामीले निकै संयमता अपनाउनुपर्दछ । हामीलाई कोरोना लाग्दैन या फलानो शक्तिले जोगाउँछ भनेर अनेक लापरवाही गर्नु पनि हुँदैन । वारेन्टाइन तथा परीक्षणका लागि व्यवस्थापकीय त्रुटीहरू प्रशस्त देखिएका छन् । अर्काेतर्फ सामाजिक सञ्जालहरूमा अनर्गल प्रचार प्रसार देखिन्छन् । सूचना शक्ति हो जसले क्षणभर मै ठुला उथलपुथल ल्याउन सक्छ । सत्य तथ्यको नजिक नपुगीकन संवेदनशील विषयहरूमा समाचारहरू प्रसारण गरिनु हुदैन ।

जसले गर्दा एकातिर जनविश्वास गुमिरहेको हुन्छ भने अर्कोतर्फ सामाजिक सन्त्रास फैलाइरहेका हुन्छन् ।कोरोना नियन्त्रणको खास खोप वा औषधीहरूको विकास नभइसकेको अवस्थामा यसको उपचारका उपाय पत्ता लगाउनप्रयास जारी नै छ। त्यसैले हालको अवस्थामा उपचारका प्रविधि निश्चित भैनसकेपनि संक्रमण रोकथामका विधिअपनाउनु नै कोरोनाबाट बच्ने उत्तम उपायहरू ठानिएको छ । मानव संसर्गलाई कम गर्न भिडभाड नगर्ने ।

सामाजिक दुरी कायम गर्ने उपायहरू अपनाउने कुरामा जोड दिईएको छ । कोरोनालाई निरुत्साहित गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ आहार ब्यवहार तथा सन्तुलित जीवन पद्धतिलाई नै उपयुक्त ठहर गरिएको छ । कारोना प्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायाम तथा सकारात्मक सोच पनि प्रभावकारी हुने विज्ञहरू भन्दै आएका छन्।


नेपालीले सन् २०२० मा मानो रोपेर मुरी फलाउने तयारी गरिरहँदा बालीनाली सखाप पार्ने सलह कीराबाट अर्को विपद् बेहोर्नुपर्ने अवस्था आउनु गम्भीर चिन्ताको विषय हो । सलह कीरा एकाएक नेपालमा प्रवेश गरेपछि आमकिसान चिन्तित र निराश बनेका छन् । समूहमा बस्न मन पराउँने सलह फट्याङ्ग्रा प्रजातिको किरा लामो समयसम्म हावामा उड्न सक्दछ । पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ । जसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । परिमाणात्मक हिसाबले अथाह संख्यामा सलह किराको विकास भैरहेको अनुमान गर्न सकिन्छ ।

सलह कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुने गर्दछ । यसले अन्नबाली मात्रै नभएर अन्य बिरुवालाई समेत असर गर्ने भएकाले वातावरणीय असन्तुलनसमेत निम्त्याउन सक्ने देखिएको छ ।


सलह कीरा फट्याङ्ग्रा प्रजातिको झुण्डमा उडान गर्ने गर्दछ । सलह किरा अमेरिकी फौजी किराभन्दा हजारौं गुणा खतरनाक मानिएका छन् । नेपालमा देखापर्नु अघि सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएका थिए । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएका छन् । पूर्वबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । विज्ञहरुका भनाइ अनुसार सलह किरा हावाको बहावसँगै भारतबाट निजगढ, भैरहवा हुँदै नेपाल प्रवेश गरेका थिए । नेपालमा भने तराईमा मात्र सीमित नरहेर सलह पहाडी क्षेत्रहरुमा पनि दखिन थालिसकेका छन् ।बाली नोक्सान गर्ने सलह कीरा हालसम्म नेपालका ५२ भन्दा बढी जिल्लामा फैलिसकेका छन् । सलह किराको प्रकोपले खाद्यान्न बालीमा क्षति पु¥याएका समाचारहरू प्रकाशन भईरहेका छन् । सलह किराबाट उत्पन्न विपद्को असरपनि भयावह नै देखिन्छ ।


विभिन्न अध्ययनको निष्कर्ष नै छ कि घाम नै छेकिनेगरी आउने सलहको झुन्ड जहाँ बस्छ, त्यहाँको हरियाली नै नष्ट हुन्छ । ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो सलह । यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । खन्चुवा कीरा सलहले आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । सलह कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुने गर्दछ । यसले अन्नबाली मात्रै नभएर अन्य बिरुवालाई समेत असर गर्ने भएकाले वातावरणीय असन्तुलनसमेत निम्त्याउन सक्ने देखिएको छ ।


लाखौं लाख संख्यामा नेपाल भित्रिएका सलहका झुण्डको फैलावट तीब्र छ । सलह किराले न्यानो हावापानी मन पराउँछ । सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलन अनुसार यसको व्यवस्थापनमा सक्रिय रहनु पर्दछ । आफ्नो क्षेत्रमा सलह किरा देखिएमा विभिन्न तरीकाबाट आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यामबाट बाधा पुर्याई झुण्डलाई भगाउनु पर्दछ । सलह उडेर कुन दिशामा गइरहेको छ र त्यसको आकार लगायत आवश्यक जानकारी राख्नु पर्दछ ।कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत दिनु पर्दछ । त्यसैगरी नर्सरी तथा करेसाबारी लगायत खेतबारीमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ ।

हावाको गतिसँगै जाने भएकाले जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा हुनुपर्ने अनुमान गरिएको छ । विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक उपायसमेत अवलम्बन गरिनु उचित देखिन्छ ।रासायनिक र भौतिक गरी दुई किसिमले सलहलाई नियन्त्रण गर्न सकिने विज्ञहरूले सुझाव दिएका छन् ।

विशेष गरी चुरे क्षेत्रमा भारी वर्षा र बाढी तथा पहिरोको सम्भावना रहन्छ अविरल बर्षापछि आएको बाढीका कारण तराई क्षेत्रमा र पहाडी क्षेत्रमा पहिरोले बितण्डा मच्चाउने गर्दछ ।

उनीहरूका अनुसार विषादी प्रयोगबाट मात्रै नभएर धुवाँको प्रयोगबाट पनि सलहलाई भगाउन सकिन्छ । सलहको समूह करोडांैको संख्यामा हुने भएकाले यसलाई नियन्त्रण गर्न पनि सोहीअनुसारकै पर्याप्त स्रोतसाधनको आवश्यकता पर्छ । त्यसैले, तीनवटै सरकारले यसलाई नियन्त्रण गर्नका लागि विषादी प्रयोग गर्न वा अन्य उपाय अपनाउन आवश्यक पर्ने बजेटको समेत तत्काल जोहो गरेर छिटोभन्दा छिटो सलह नष्ट अभियान थाल्न ढिलाइ गर्नुहुदैन ।


जुन १० देखि नेपालमा मनसुन शुरु हुन्छ । मनसुनको अवधि सेप्टेम्बर अन्तिमसाता अर्थात करीब अक्टोवरको पहिलो सातासम्म रहन्छ ।देशभर मनसुन न्यून चापीय रेखाको उत्पत्तिभएर अधिकांश स्थानमा वर्षा गराउने गर्दछ । मनसुन पूर्ण सक्रिय भएमा वर्षा हुने गर्दछ । दिउँसो केहीबेर वर्षा रोकिने तरसाँझ र राति बढी वर्षा हुने गर्दछ । विशेष गरी चुरे क्षेत्रमा भारी वर्षा र बाढी तथा पहिरोको सम्भावना रहन्छ अविरल बर्षापछि आएको बाढीका कारण तराई क्षेत्रमा र पहाडी क्षेत्रमा पहिरोले बितण्डा मच्चाउने गर्दछ ।


नदीको जलाधार क्षेत्रमा व्यापक बर्षा भएका कारण नदीमा पानीको मात्रा बढ्ने सम्भावना रहन्छ । भारी वर्षा भएपछि एक्कासि नदिहरुमा बाढी र भिरालो जमीनमा पहिरो आउने अनुमान गरिन्छ । निरन्तर वर्षाका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरारहन्छ ।नेपालकाचुरे र महाभारतबाट बग्ने प्रायः नदीमा बहाव बढ्ने अनुमान गरिन्छ ।

त्यसैले नेपालका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव अत्यधिक मात्रामा बढ्दछ । पश्चिम राप्ती र वबई जलाधार क्षेत्रमा डुवानको त्यतिकै जोखिम हुने गर्दछ ।चुरेको अति दोहन, छोटो समयमा अतिवृष्टि र राज्यले प्रभावकारी भूउपयोग नीति बनाउन नसक्दा वर्षेनी बाढीको कारण नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ । त्यसैमा भारतीय पक्षले नेपाली सीमामा लगाएका बाँधका कारण थप समस्या परेको छ । नदीहरुमा पानीको सतह बढ्दै गएमा उक्त जलाधार क्षेत्रका नागरिक संकटमा पर्दछन् ।

चुरेबाट बहने नदिमा मध्यम जोखिम तर लगातारको हल्का वा मध्यम वर्षाले भिरालो र कमजोर जमिनमा पहिरोको जोखीम हुन सक्दछ ।


नेपालको भौगर्भिक अवस्थाको विषयमा सचेत नहुँदा पछिल्लो समय धेरै स्थानहरुमा पहिरो गएको विज्ञहरुको तर्क छ । ग्रामीण संरचना, बस्तीको ख्यालै नगरी निर्माण कार्य गरिएकाले बर्सेनि पहिरो जाने गरेको छ । पहाडी तथा भिरालो भौगोलिक क्षेत्रमा पहिराकोे सम्भावना ज्यादा हुने गर्दछ । भौगर्भिक क्षेत्रको अध्ययनविना निर्माण कार्यले नै सबैभन्दा बढी पहिरोको जोखिम बढेको पाईन्छ । गोरखा, धादिङ, लमजुङ, कास्कीको अतिरिक्त काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा आदि जिल्लामा पहिरो एवं बाढीको सम्भावना देख्न सकिन्छ । चुरेबाट बहने नदिमा मध्यम जोखिम तर लगातारको हल्का वा मध्यम वर्षाले भिरालो र कमजोर जमिनमा पहिरोको जोखीम हुन सक्दछ ।

सलह किरा र कोरोना भाइरस धेरै गुणा मानवलाई क्षति पु¥याउन सक्ने जीवहरु हुन् । नेपाललगायत संसारका सबैजसो भूभागमा वातावरणीय परिवर्तन भई कोरोना र सलहका लागि उपयुक्त वातावरण हुन गई यीनीहरुले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याउन सक्छन् । आफ्ना गतिविधि तथा क्षमता वृद्धि हुँदै यसको फैलावट बढ्दै गएमा नेपालमा जोखिम उच्च हुने देखिन्छ ।


विज्ञहरू यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । जलवायु परिवर्नतका कारण कोरोना, सलह र ज्यादा वर्षा हुने गरेको हो । मुलुकका खोलानाला र नदीहरुमा पानीको वहाव तथा पानीको मात्राका कारण बाढीको जोखिम उत्पन्न हुने गर्दछ । वर्षाको आधारमा बाढीपहिरोको जोखिमको पूर्वानुमान गरिन्छ । एक दिनमा १ सय ४० मिलिमिटर वर्षा भएको अवस्थामा त्यस क्षेत्रमा पहिरो जानसक्ने र तल्लो तटिय क्षेत्रमा वाढीको जोखिम हुने गर्दछ । सम्भावित विपद्बाट जोगिनुपर्ने चुनौती पनि आउने देखाएको छ ।


कोभिड–१९ का कारण लामो समयदेखि जारी रहँदै आएको लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो असर परिरहेको छ । त्यसमा पनि सलह किराको प्रकोपको भयावह अवस्थाले मुलुकमा झन् समस्या आउने अनुमान सहजै गर्न सकिन्छ । यसवर्ष हुनसक्ने विपद् जोखिमको आंकलनसहित सबै निकायले तयारी गर्नुपर्ने हुन्छ ।कोरोना संकटबाट पार पाउन कृषि क्षेत्रको विकास र विस्तार गर्नुपर्ने आवाज जबरजस्त रूपमा उठिरहेको अवस्थामा सलहको प्रभावले कृषि क्षेत्र पनि ठूलो संकटमा पर्ने देखिएको छ । कृषि क्षेत्रमा संकट आउनु भनेको अनिकाल लाग्नु हो । अनिकाल र भोकमरीे हुने अवस्थाबाट नेपालीहरु त्रसित छन् ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोका कारण मानिसहरुलाई सुरक्षित स्थानमा ल्याएर आवश्यक प्रबन्ध मिलाउनु पर्ने त्यतिकै चुनौती छ


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरो लगायत पानीजन्य विपद्सँगै कोभिड १९ को संक्रमण उत्कर्षमा पुग्ने आंकलन गरेको छ । अहिले कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन थपिँदै गइरहेको अवस्था छ । यो विस्तारै बढ्ने अनुमान जनस्वास्थ्य विज्ञहरुकोसमेत छ ।

कोभिड १९ को संक्रमणसँगै आउने बाढी, पहिरो लगायतको समस्याले थप जोखिम हुने देखिएको छ । नेपालमा बाढी र पहिरोले यस वर्ष जनधनको ठूलो नोक्सानी हुने सम्भावित आंकलन गरिएको छ । त्यसैगरी मुलुकको अन्नभण्डारका रुपमा रहेका खेतीयोग्य क्षेत्रमा बथान सहित आएका सलह किराले विभिन्न ठाउँमा क्षति पुर्याई रहेका छन् ।

नेपालमा मनसुन शुरु भए पश्चात बढीपहिरोका कारण करोडौको क्षति हुने गरेको छ । विपद्को समयमा राहत तथा उद्धारलाई केन्द्रमा राखेर विपद् प्रतिकार्य गरिन्छ । उच्च सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागले गर्ने गर्दछ । बर्षा जारी रहने र सुरक्षित स्थानमा जान मौसमविद्हरुले अपिल गरेका हुन्छन् । कतिपय नदीमा पूर्व बाढी सूचना प्रणाली स्थापनाका कारण मानवीय क्षति कम हुँदै गएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोका कारण मानिसहरुलाई सुरक्षित स्थानमा ल्याएर आवश्यक प्रबन्ध मिलाउनु पर्ने त्यतिकै चुनौती छ ।


सबै तह र तप्काका मानिसहरू अहिले सङ्कटमा छन् । यसको व्यवस्थापनमा सबैको साथ सहयोग र समन्वयको जरुरत पर्दछ । कोरोना, सलह नियन्त्रण तथा रोकथाम र बाढी पहिरोबाट विश्वभर धनजनको क्षतिन्यूनिकरण गर्न सक्यौँ भने हामीले अपनाएका तौरतरिकाहरू विश्वका अन्य मुलुकहरूलाई अनुकरणीय बन्न सक्छन् । यसरी हामी आफू पनि सुरक्षित रहने र विश्वलाई पनि सन्देश दिन सकिने अवसरको रूपमा उपयोग गर्न सक्दा सबैको हितमा हुन जान्छ ।

नागरिकको साथ र सहयोग विना सरकार मात्रले कोरोना र सलहको नियन्त्रण र रोकथाम अनि बाढी पहिरोको क्षति न्यूनिकरण गर्न असम्भव प्राय नै छ ।

नागरिकको साथ र सहयोगविना सरकार मात्रले कोरोना र सलहको नियन्त्रण र रोकथाम अनि बाढी पहिरोको क्षति न्यूनिकरण गर्न असम्भव प्राय नै छ । यसरी कारोना, सलह र बाढीपहिरोले दिलाएका चुनौतीको सामना गर्नको लागि कृषि, उद्योग तथा व्यवसायीक क्षेत्रको प्रवद्र्धनमा ठोस योजनाका साथ कार्यान्वयनमा सुधारको खाँचो छ । जसबाट विश्वलाई थला पारेको मानवीय मानसिकता, सामाजिक व्यवहार र राष्ट्रीय अर्थतन्त्रलाई माथी उठाउन सिकनेछ । यस्ता विपद्हरुबाट उन्मुक्ति पाउनको लागि सबै पक्षहरूले आआफ्नो स्थानबाट सहयोग, समन्वय र सहकार्य ग¥यौँ भने चुनौतीलाई अवसरमा बदल्न सफल हुनेछौँ ।

प्रतिक्रिया दिनुहोस