सरकारलाइ चावी बुझाउँछौ:यातायात व्यवसायी

असार २३, २०७७

शरद रेग्मी

दाङ,२३ असार । लामो समय भएको लकडाउनको समस्यामा परेका यातायात ब्यबसायीले निश्चित दुरी कायम गरेर यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले रोगभन्दा भोकले मर्ने डर भएको समेत भताएका छन् । यातायात व्यवसायीहरुले सरकारलाई पटक पटक आग्रह गर्दा पनि सरकारले व्यवास्था गरेको भन्दै असारको मसान्तभित्र निश्चित प्याकेज नल्याएर गाडीको चावी र व्लुवुक सरकारलाई बुझाउने समते चेतावनी दिएका छन् ।

लामोसमयसम्म गाडीहरु थन्काएर राख्दा गाडी चल्नै नसक्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका सल्लाहकार सुरेश हमालले बताएका छन् । ‘गाडीहरु ग्यारेजमा थन्काएर राखेको करिव चार महिना भैक्यो, तत्काल सरकारले गाडी चलाउन अनुमति दिएपनि गाडी चल्ने अवस्थामा छैनन्’–सल्लाहकार हमालले भने–‘ यातायात व्यवसायीहरु ठुलो मर्कामा परेका छन्, ग्यारेज र बसपार्कमा थन्किएका व्यवसायीहरुलाई राहतका लागि तत्काल सरकारले निश्चित प्याकेज घोषणा गरेर ब्यबस्थापन गर्नुपर्छ ।’

त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष समेत रहेका हमालले महिनौ गाडी बन्द हुदा हजारौ मजदुर र ब्यबसायीहरुलाई साझ बिहानको छाक टार्न समेत समस्या भएको बताए । ‘गाडी नचल्दा आम्दानी छैन,लकडाउनमा बैकको किस्ता र बिमाको रकम कसरी बुझाउने’–हमालले भने–‘निजी क्षेत्रको लगानी र योगदानलाई राज्यले संरक्षण गर्नुपर्ने समय आएको छ ।’

असार मसान्तसम्म पनि सरकारले राहतका प्याकेज सार्बजनिक नगरे स्थानीय प्रशासनमार्फत व्यवसायीहरुले सरकारलाई गाडीको चावी बुझाउने यातायात व्यवसायी महासंघका जिल्ला समन्वय सयोजक भरतनाभ योयीले जानकारी दिएका छन् । लकडाउनका कारण यातायात व्यवसायीहरु घरवारविहिन हुने अवस्थामा पुगेको भन्दै उनले सरकारलाई यातायात व्यवसायीहरुलाई राहत दिने कार्यक्रम ल्याउने समेत आग्रह गरेका छन 

प्रतिक्रिया दिनुहोस