कुलाेमा डुबेर तुलसीपुरमा एक जनाकाे ज्यान गयाे

असार २३, २०७७

तुलसीपुर । तुलसीपुरमा कुलाेमा डुबेर एक जनाकाे ज्यानकाे गएकाे छ ।

घर नजिकै रहेको कुलोमा डुबेर तुलसीपुर उपमहानगरपालिका ८ अश्वारा निबासी ४८ बर्षका केशव भण्डारीकाे ज्यान गएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

खेतबाट आएर घर नजिकै रहेको लौबस्ताको कुलामा नुहाउन गएका भण्डारीलाई कुलामा घोप्टो अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेका थिए । भण्डारीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस