संक्रमति वडाध्यक्षको परिवार सहित कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको सबैको रिपोर्ट नेगेटिभ

असार २३, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्षको परिवार र कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका १ सय ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

वडाको काममा खटिएका वडाध्यक्षको परिवार र उनको सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर परिक्षणका लागि नेपालगञ्ज पठाइएको थियो । कन्ट्याक्ट ट्रेसिङ्ग १ सय ७ जनाकाे गरिएकाे थियाे ।

उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार अध्यक्षको परिवार, जनप्रतिनिधि, कर्मचारी,स्वास्थ्यकर्मी लगायतको स्वाब परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस