तुलसीपुरका जनप्रतिनिधिले दिए कोरोना कोषमा १८ लाख

असार २१, २०७७

फाइल फोटो


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना विपद् कोषमा १८ लाख १३ हजार सहयोग गरेका छन् । कोरोना संकटको समयमा जनतालाई सहजता होस् भन्नका लागि जनप्रतिनिधिहरुले एक महिना बराबरको सहयोग गरेको नगर प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।


विपद्को घडीमा जनताको पिडा कम गर्न सकियोस् भनेर सहयोग गरिएको पनि प्रवक्ता डाँगीले जानकारी दिए । कोषमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य लगायतले सहयोग गरेका छन् ।


तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमणबाट जनतालाई जोगाउँनका लागि कोरोना विपद् कोष बनाएर सहयोग संकलन गरिरहेको छ । यो भन्दा अगाडि उपमहानगरपालिकाका कर्मचारी र शिक्षकहरुले कोषमा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस