प्रतिष्ठानले स्वाब परीक्षणको पैसा लिन मिल्दैन: मुख्यमन्त्री पोख्रेल

असार २०, २०७७


तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहबाट स्वाब परीक्षणको शुल्क लिन नमिल्ने वताएका छन् । प्रयोगशालामा लाग्ने खर्चको व्यवस्थापन प्रदेश र केन्द्र सरकारको तर्फबाट भएको भन्दै विभिन्न बहाना बनाएर प्रतिष्ठानले पैसा असुल गर्नु गलत भएको उनको भनाई छ ।

प्रतिष्ठानले स्थानीय तहहरुले संकलन गरेको स्वाब परीक्षणका लागि शुल्क लाग्ने वताएर फिर्ता गरेको समाचार आएसँगै मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् ।


‘प्रयोगशालाको परीक्षण खर्च उपलब्ध नभएको भए प्रदेश वा केन्द्र सरकारसँग विवरण खोलेर माग्न सकिन्छ, अनुमती विना कोभिड १९ को सशुल्क परीक्षण गर्न मिल्दैन’ मुख्यमन्त्री पोख्रेलले स्टाटसमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस