कोरोना जितेर छिट्टै आउँने छु: वडाध्यक्ष केसी

असार २०, २०७७


तुलसीपुर । कोरोना संक्रमण पुष्टि भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष टोपवहादुर केसीले जनताको सेवामा छिटै फर्कने वताएका छन् ।

शनिबार खबरशालासँग कुरा गर्दै वडाध्यक्ष केसीले शारीरिक रुपमा कुनै पनि समस्या नभएको भन्दै रिपोर्ट नेगेटिभ आउनासाथ काममा फर्कने वताए । ‘जनताको माया र आत्मविश्वासले कोरोना जितेर छिट्टै आउँने छु ’ उनले भने ।


‘जनताबाट टाढा हुँदा निकै अत्यास लागेको छ , मलाई कुनै पनि खालको लक्षण छैन, रिपोर्ट आउनासाथ काममा फर्कने छुँ’ उनले भने । क्वारेन्टाइन व्यवस्थापनका लागि रातदिन खटेको बेला कोरोना संक्रमणका कारण एक्लै वस्नुपर्दा निकै गाह्रो भएको छ ’ उनले भने ।


कोरोना संक्रमण भएपछि आत्तिन नहुने वताउँदै उनले बलियो आत्मविश्वासका राखे यसलाई जित्न सकिने पनि वताए । ‘नियमित रुपमा तातोपानी,बेसार लगायतको सेवनका साथै योग पनि गर्दै आएको छुँ, छिटै निको हुने आशा छ ’ अध्यक्ष केसीले भने ।

प्रतिक्रिया दिनुहोस