गोरखामा कोरोना संक्रमितको मृत्यु

असार २०, २०७७

गोरखाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ। 

लामो समयदेखि सुगरका बिरामी ती पुरुषमा कडा खालको निमोनियाको समस्या समेत देखिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवीन थापाले बताए। 

असार १६ गते कतारबाट आएका पालुङटार नगरपालिकाका ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो। पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा बसेका उनलाई लगातार खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो।

गोरखामा पहिलो पटक संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि स्याङ्जाका ५८ र ५५ वर्षे कोरोना संक्रमित पुरुषको यसअघि नै मृत्यु भइसकेको छ। याेसँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३३ पुगेकाे छ। 

प्रतिक्रिया दिनुहोस