तुलसीपुर बजार ५ बजेसम्म खुल्ने

असार १, २०७७


तुलसीपुर । कोभिड १९ को संक्रमणलाई लक्षित गरेर विहान १२ वजेसम्म खुल्दै आएको तुलसीपुर बजार साँझ ५ वजेसम्म खुल्ने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

“सामाजिक दुरी र अन्य सुरक्षा व्यवस्था अपनाएर साँझ ५ वजेसम्म बजार खुला गर्ने निर्णय भएको छ” विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणको अवस्था हेरेर समय हेरफेर गरिने भएको छ ।


असार मसान्तको समयमा १२ वजेसम्म मात्रै पसल खोल्दा व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न व्यवसायीक संगठनहरुले अनुरोध गर्दै आएका थिए । ५ वजेसम्म पसल खोल्न निर्णय गरेपनि भिडभाड हुने होटेल, जिम क्लव, नाइ लगायतका पसल भने नखुल्ने भएका छन् । आइतबारबाट यो लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस