राेल्पामा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

असार १, २०७७

तुलसीपुर । रोल्पामा क्वारेन्टाइनमा आत्महत्या गरेका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

बुधवार क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५का ३१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गरिएको थियो।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार उनको रिपोर्ट पोजेटिभ आएको छ। 

विद्यालयहरुका स्थापना गरिएको क्वारेन्टाइन भरिएकाले उनलाई गाउँको एउटा घरमा एक्लै राखिएको थियो। 

मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङका लागि टोली पठाएर सबैको स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ।

आत्महत्या गरेका सार्कीको शव भने पोष्टमार्टम गर्ने भनेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सकभर तुलसीपुरमै शव व्यवस्थापन गर्ने गरी छलफल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस