ओली दाहालबीच बालुवाटारमा छलफल सुरु

असार १, २०७७

काठमाडौँ – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका छन् ।

पार्टीमा उत्पन्न पछिल्लो विवाद समाधानको प्रयासस्वरुप छलफलका लागि ओलीलाई भेट्न दाहाल केहीबेरअघि बालुवाटार पुगेका हुन् ।

दुई अध्यक्षबीच छलफलबाटै विवाद समाधान गर्नका लागि पार्टी स्थायी कमिटिले आज एकदिनको समय दिएको छ ।

बिहीबार बसेको स्थायी कमिटि बैठकले सहमति जुटाउन एक दिनका लागि समय छुट्याएको थियो ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष दाहाल नेपाल समूहको छ ।

तर दुवै पदबाट राजीनामा नदिने अडान ओलीले लिएका बेला दुई अध्यक्षबीचको वार्तालाई निर्णायक मानिएको छ ।

दुवै अध्यक्षबीच छलफल सुरु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस