कुन-कुन नदीमा बाढी आउला?

असार १, २०७७

तुलसीपुर बाढी पूर्वानुमान महाशाखाले अगामी तीन दिनमा विभिन्न नदीहरुमा पानीको बहाव बढ्नसक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।

महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा कन्काई, बागमती, पश्चिम राप्ती, बबई तिनाउ र सहायक नदीमा बानीको बहाव बढ्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको हो।

आगामी ३ दिन प्रमुख नदीहरू कोशी, नारायणी कर्णार्ली र महाकालीमा पानीको बहाव सामान्त्य बढ्ने तर खतराको तहभन्दा तलै हुने, कन्कार्ई, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई, र यसको सहायक नदीमा बहाव बढ्ने महाशाखाले बताएको छ।
 
पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ओखलढुङगा, दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सप्तरी, सिराहा, धनुषा, बारा, पर्सा, सिन्धुली, मकवानपुर, नुवाकोट, रसवा, गोर्खा, लमुजुङ धादिङ, तनहु, कास्की, बाग्लुङ, पर्वत, चितवन, नवलपरासी, रूपन्देही, गुल्मी, आर्घाखाँची, स्याङजा, रोल्पा, रुकुम, प्युठान, दैलेख जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपास जिल्ला भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्ने महाशाखाले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस