कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो, के छ सार्क राष्ट्रको अवस्था?

असार १५, २०७७

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर १ करोड १ लाख १७ हजार ३ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक २५ लाख ४८ हजार ६ सय १७ छ। त्यस्तै, ब्राजिलमा १३ लाख ४४ हजार १ सय ४३, रुसमा ६ लाख ३३ हजार ५ सय ६३ र भारतमा ५ लाख २८ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख १ हजार २ सय ८१ जनाको मृत्यु भएको छ।

अमेरिकामा १ लाख २५ हजार ८ सय ३, ब्राजिलमा ५७ हजार ६ सय २२, बेलायतमा ४३ हजार ६  सय ३४, इटालीमा ३४ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ।

विश्वभर ५१ लाख २३ हजार ८ सय २७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक छ।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ७ लाख ४६ हजार १८, अमेरिकामा ६ लाख ८५ हजार १ सय ६४, रुसमा ३ लाख ९८ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि १२ हजार ७ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३ हजार १३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ९७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १६ हजार ४ सय ८७ पुगेको छ। भारतमा हालसम्म ३ लाख २१ हजार ७ सय ७४ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख २ हजार ९ सय ५५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार १ सय १८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ९२ हजार ६ सय २४ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ३७ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ६ सय ६१ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ३७ हजार ७ सय ८७ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ५५ हजार ७ सय २७ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३० हजार ९ सय ६७ पुगेको छ। अफगानिस्तानमा ७ सय २१ जनाको मृत्यु भइसकेको छ भने १२ हजार ६ सय ४ जना उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ७६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३८ छ।

माल्दिभ्समा संक्रमितको संख्या २ हजार ३ सय २४ छ। मृत्यु हुनेको संख्या ८ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ११ पुगेको छ।

प्रतिक्रिया दिनुहोस