तुलसीपुरका पहाडी क्षेत्रलाई टिमुरको पकेट एरिया:नगरप्रमुख पाण्डे

असार १४, २०७७


तुलसीपुर । तुलसीपुरका पहाडी क्षेत्रहरुलाई टिमुरको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । पहाडी क्षेत्रका लागि उपयुक्त मौसम हुनुका साथै व्यवसायीक दृष्टिले पनि मनग्ये आम्दानी हुने भएकाले टिमुर खेतिलाई प्राथमिकतामा राखिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।


उनले टिमुर उत्पादनका लागि पहिलो चरणमा तुलसीपुरको प्रतापकोट र छिल्लीकोटलाई प्राथमिकतामा राखिएको कुरामा जोड दिए । ‘राम्रोसँग उत्पादन भयो भने एउटै बोटबाट वर्षमा ३ हजारसम्म कमाउन सकिन्छ’ नगरप्रमुख पाण्डेले भने ।

नगरप्रमुख पाण्डेले पहाडलाई समृद्धिसँग जोडेर गरिबी हटाउने कुरा वताए । ‘कोरोनाका कारण हलो र थलो खोजेर आउनेहरुलाई हामीले अवसर सृजना गर्नुपर्दछ’ उनले भने । ‘टिमुरे खेती रोजगारी सृजना गर्ने गतिलो माध्यम वन्न सक्छ’


वृक्षारोपण दिवसका अवसरमा पारिवारीक निजी वन संघ नेपाल दाङ्ग जिल्लाले आयोजना गरेको टिमुर रोपण कार्यक्रममा वोल्दै जिल्ला वन कार्यालय दाङ्गका प्रमुख दिपक ज्ञवालीले तुलसीपुरको पहाड टिमुर खेतीका लागि अत्यन्त उपयोगी भएको वताए । उनले व्यवसायीक ढँगले खेति गर्न सकेको खण्डमा सानो ठाउँमा पनि धेरै आम्दानी गर्न सकिने सुझाए । ‘सुरुमा धेरै हेरचाह गर्नुपर्ने हुन्छ विस्तारै यसले आम्दानी वढाउने गर्दछ’ प्रमुख ज्ञवालीले भने ।


उनले यो वर्ष मात्रै जिल्ला वन कार्यालयले १ लाख टिमुरका विरुवा रोप्ने तयारी गरेको वताए । ‘हामीले १ लाख टिमुरका विरुवा खरिद गरेर रोप्ने तयारी समेत गरिसकेका छौं’ ज्ञवालीले भने ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै पारिवारीक निजी वन संघ नेपालमा उपाध्यक्ष मेघराज भुषालले प्रतापकोटलाई टिमुरको हवका रुपमा विकास गर्नका लागि संघले कार्यक्रम ल्याएको वताएका थिए । उनले त्यस क्षेत्रमा १५ हजार टिमुरका विरुवा लगाउने तयारी गरिएको पनि वताए ।

संघका जिल्ला अध्यक्ष पदम केसीले. किसानहरुलाई टिमुर खेती तर्फ आकर्षित गर्नका लागि निशुल्क वितरण गरिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव भिमार्जुन रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस