दाङमा थप ३१ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ४ सय ८६

असार १३, २०७७

दाङ,१३ असार । दाङमा शनिवार थप ३१ जना कोरोना सक्रमित भेटिएका छन् । घोराहीस्थीत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वास्थ्य परिक्षणका क्रममा ३१ जना संक्रमित थपिएका हुन ।

उनीहरुमध्ये घोराही उपमहानगरपालिका २८ जना, बंगलाचुली गाउँपालिका २ जना र बबइ गाउँपालिका १ जना गरी ३१ जना कोरोना सक्रमित पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसगै दाङमा कोरोना सक्रमितको संख्या ४ सय ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस