कहाँका हुन् तुलसीपुरका ११ संक्रमितहरु

असार १२, २०७७


तुलसीपुर । शुक्रवार कोरोना संक्रमण पुष्टि भएका तुलसीपुरका ११ जना क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार कालाखोला क्वारेन्टाइनमा रहेका ६ जना, विजौरीमा ३ जना, बालापुर क्वारेन्टाइनमा १ जना र पवननगर क्वारेन्टाईनका १ जना रहेका छन् ।


कालाखोला क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका ६ जना मध्ये वडा नम्वर १३ का वर्ष २४,२५,५२ का पुरुष र ३२ वर्षिय महिला गरी ४ जना, वडा नम्वर १८ का ३३ वर्षिय पुरुष, वडा नम्वर ७ का २२ वर्षिय पुरुष रहेका छन् । संक्रमित सबै २० गते भारतबाट आएर क्वारेन्टाइनमा वसेको पनि फोकल पर्सन केसीले बताए ।


बालापुर क्वारेन्टाइनमा रहेकी वडा नम्वर २ की ४० वर्षिय महिला, पवनगर क्वारेन्टाइनमा रहेका २१ वर्षिय पुरुष रहेका छन् । उनी वडा नम्वर १ कै बासिन्दा हुन् ।


यसैगरी विजौरी क्वारेन्टाइनमा संक्रमित रहेका मध्ये वडा नम्बर ४ का पुरुष २१ वर्षिय, वडा नम्वर १६ का १७ वर्षिय पुरुष, वडा नम्वर १७ को १९ वर्षिय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस