तुलसीपुरका ११ सहित दाङमा थप ७५ जनामा कोरोना पुष्टि

असार १२, २०७७

दाङ-दाङमा कोरोना संक्रमतिको संख्या ४ सय नाघेको छ। दाङमा शुक्रबार एकैदिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै कोरोना संक्राितको संख्या ४ सय ५५ पुगेको छ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा ७५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना पोजिटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् ।

यस्तै लमहीका ३ जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका ३ कर्मचारीमा कोरोना पुष्टि भएको हो । शुक्रबार थपिएका ७५ जना संक्रमित मध्ये एक जनाको मृत्यु भईसकेको छ

प्रतिक्रिया दिनुहोस