भरूवा बन्दुक र पेस्तोलसहित एक जना पक्राउ

असार ११, २०७७

दाङमा प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका- १३ लापेबाट माछे नेपाली भनिने २६ वर्षीय  साजन नेपालीलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

मंगलबार राति करिब १० बजेको समयमा पुगेको प्रहरीले एक थान भरूवा बन्दुक, एक थान पेस्तोल र भरूवा बन्दुकमा लाग्ने २१० वटा फलामको छर्रा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्।

घरमा लुकाई राखेको गोप्य सुचनाको आधारमा  पुगेको प्रहरीले नेपालीलाई पक्राउ गरेको हो। पक्राउ परेका नेपालीलाई मुलुकी संहिता २०७४ अनुसार मुद्दा दर्ता गरि थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस