कोरोनाले थप एकको मृत्यु, मृतककाे संख्या २५ पुग्याे

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत एक जनाको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक सह.प्रा.डा अर्जुन आचार्यले एक विज्ञप्ति जारी गर्दै आइसियुमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमित पुरुष निधन भएको जनाएका हुन्।
अस्पतालका अनुसार उनी स्याङ्जाको सिरुवारीका हुन्। उनी ८ असारबाट अस्पतालमा उपचाररत थिए।
उनको मृत्युसँगै कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
प्रतिक्रिया दिनुहोस