आज मनसुन थप सक्रिय हुने

असार ११, २०७७

नेपालमा मनसुन थप सक्रिय भएका छ। हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको मनसुन थप सक्रिय बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिन अनुसार हाल देशका अधिकांश भ–ूभागमा बदली रहेको छ। र, प्रदेश १, २, ५, सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानमा बर्षा भइरहेको छ।

यस्तै आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

महाशाखाले बिहीबार राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ। 

आगामी तीन दिनसम्म मौसम सक्रिय नै रहने भएकाले सावधानी अपनाउनु महाशाखाको आग्रह छ।

प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको संभावना रहेकाले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने भएकाले तटिय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस