तुलसीपुरमा विकास प्राधिकरणका लागि २५ करोड

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विकासका कामलाई स्थानीय सरकार मार्फत अगाडि वढाउनका लागि तुलसीपुर विकास प्राधिकरणलाई २५ करोड बजेट विनियोजन गरेको छ ।
उपप्रमुख माया शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ बजेटमा यस्तो उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाले गतवर्षदेखि विकास प्राधिकरण सञ्चालन गरेको हो ।
विकास निर्माणका उपकरण खरीद गरेर एक वर्ष मै ८० किलोमिटर बाटो कालोपत्रेका लागि तयार पारिएको छ । यो वर्ष कम्तिमा १ सय किलोमिटर बाटो कालोपत्रे गर्ने गरी उपमहानगरपालिकाले यस्तो बजेट विनियोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस