विद्यालय शिक्षामा सूचना प्रविधि–३ गुगल क्लास रुम

असार ०८, २०७७


विद्यालय शिक्षा सबै बालवालिकाको लागिअनिवार्य सिकाई प्रक्रिया हो । कोभिड १९को संक्रमण पछि विश्वभरी बालवालिकाको औपचारिक सिकाई प्रकृया अवरुद्ध भएको छ । शिक्षण–सिकाई प्रकृयालाई थप सूचारु बनाउन विद्यालय, स्थानीय सरकार र केन्द्रिय सरकारले थप विकल्पहरु निकाल्नु पर्दछ र निकालिरहेको पनि छ ।

हालको परिस्थिती आंकलन गर्दा करीव करीव दशै पछाडी मात्र ढुक्क हुने गरी औपचारीक कक्षा संचालन हुने अनुमान गर्न सकिन्छ तर विभिन्न वैकल्पिक विधिबाट नेपाल सरकारले अषाढ १ गतेबाट शिक्षण–सिकाई क्रियाकलाप सुरु गरिसकेको छ ।


यस प्रकारको अवधीमा अनलाईन कक्षा शहरी ईलाकामा एउटा प्रभावकारी विकल्प हो । विकसित देशहरुले अनलाईन कक्षाहरु कोभिड–१९ आउनु अगाडी पनि विद्यालयहरुले प्रयोग गर्दै आएका थिए । खासगरी गुगल क्लासरुम त अमेरीका, यूरोप र जापान जस्ता विकसित देशमा विद्यालय शिक्षाको अभिन्न अगं हुँदै आएको छ ।

सिकाइमा वाईफाई आफै जोड्नु अनलाईन कक्षाको सबैभन्दा सस्तो भरपर्दो विधिहो ।

विद्यार्थी केन्द्रीत सिकाई प्रकृयामा गुगल क्लास रुमले पठन–पाठनमा करिब ६० प्रतिशतभन्दा बढि भूमिका निभाएको हुन्छ । Google Meet, Zoom जस्ता साधन केवल अन्र्तक्रियाका माध्यम हुन । गुगल क्लास रुम चलाउन तत्काल इन्टरनेट पनि चाहिदैन यसमा विद्यार्थीले आफ्नाे समयमा इन्टरनेट भएको बेला वा इन्टरनेट भएको ठाउँ मा पुगेर डाउनलाेड गरि सूचना आदान प्रदान गर्न सक्छ । अहिले बेसी चलेको वहसमा इन्टरनेटको पहुँच नै प्रमुख मुद्दा बनेको छ । इन्टरनेट पहुँच बढाँउन केही उपाय वारेमा छलफल बढाउदा राम्रो होला ।

१. वाइफाई आफै जोड्नेः शिक्षण– सिकाइमा वाईफाई आफै जोड्नु अनलाईन कक्षाको सबैभन्दा सस्तो भरपर्दो विधि हो । नेपाल टेलिकम, वर्ल्डलिंक, सुविसु लगायतका अहिले चलेका इन्टरनेट प्रदायक कम्पनीहरु हुन ।

यसमा पनि नेपाल टेलिकम सबैभन्दा सस्तो छ । वार्षिक रु ८५०० मा ८ एमबिपिएसमा दुईवटा डिभाइस चल्ने गरि जडान गर्न सकिन्छ । यो पैसा भनेको करिब टि.भि. केवल चलाउने मुल्य बरावर हो तर ब्यवसायिक( चार परिवार) रुपमा अलि वढि स्पिडमा चल्ने इन्टरनेट नै राम्रो छ ।

२. समुहमा वाईफाइ जडान गर्नेः– एक्लै वाईफाइ जडान गर्न आर्थिक रुपमा गाह्रो छ भने दुइ चार घर मिलेर वाईफाइ जोडौ । यसो गर्दा वाईफाइ ईन्टरनेको खर्च निकै कम पर्न जान्छ । चार घरले मिलेर वाईफाइ जोडेका खण्डमा त्ख् को केवुल मुल्य भन्दा सस्तो पर्न जान्छ ।

३. साझा वाईफाई चलाउनेः आफ्नो छिमेकी कसैले वाईफाइ चलाएको छ भने सो छिमेकीलाई केहि पैसा तिरेर वाईफाइ कोड मागेर साझामा चलाउने । यसले गर्दा छिमेकीलाई पनि मूल्य कम पर्न जान्छ ।


४. डाटा प्याकचलाउनेः नेपाल टेलिकम र एनसेलले दिइएको सुविधा विद्यार्थीहरुलाई रु ५०० मा १५ जिबी बराबरको डाटा प्याक किनेर चलाउने । यो मूल्यले लगभग एक महिनासम्म धान्दछ । जुन विद्यालय आउदा जाँदा लाग्ने गाडी भाडा बरावरको मुल्य हो ।


५.साभा कम्प्युटर चलाउनेः डाटा प्याक वा वाईफाइ पनि नजिको साथीसँग दुई जना विद्यार्थी बरावर एउटा कम्प्युटर शेयर गरेर चलाएको खण्डमा निकै सस्तो पर्छ । यसले सामुहिक रुपमा छलफल गरेर अध्ययन गर्न सहज समेत बनाउने गर्दछ ।

इन्टरनेटको सहयोगबाट विश्वविद्याल तहको ठूला ठूला कक्षाहरु चलेका हुन्छन् । राम्रा राम्रा अनलाईन तालिमहरु चलेका हुन्छन्।


६ं. गुगल क्लासरुम बढी प्रयोग गर्नेः–पढाउनु पर्ने सामग्री,गृहकार्य वा कुनै सन्दर्भ सामग्री गुगल क्लास रुममा शिक्षकले पहिले राखिदिनु पर्दछ । जसलाई विद्यार्थीले आफ्नो सुविधाअनुसार डाउनलोड गरि हेर्न सक्छ र सोही प्रकृयाले गृहकार्य अपलोड गरेर शिक्षकलाई बुझाउन सक्छ ।


७. स्थानीय सरकारसँंग आग्रह गर्नेः–गाँउ वा टोल छिमेकहरु मिलेर निशुल्क इन्टरनेट जडान गर्न स्थानीय सरकारसँग माग गर्न सकिन्छ । शहरी ईलाकामा थोरै बजेटबाट यो गर्न सम्भव छ । कतिपय स्थानीय सरकारले त निशुल्क वाईफाई छोडिसकेको पनि छ ।

इन्टरनेटको सहयोगबाट विश्वविद्याल तहको ठूला ठूला कक्षाहरु चलेका हुन्छन् । राम्रा राम्रा अनलाईन तालिमहरु चलेका हुन्छन्। विद्यालय शिक्षामा शिक्षण– सिकाई प्रकृया अगाडी नबढ्ने भन्ने प्रश्न नै छैन ।

यदी शिक्षकले दक्षता बढाउदै लाने,अभिभावक÷सरकारले प्राथिमिकता दिदै जाने हो भने कोभिड–१९ को महामारीमा विद्यार्थी अभिभावक ढुक्क भई विद्यालय आउने वातावरण नहुन्जेलसम्म अनलाईन कक्षा एउटा उत्तम विकल्पहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस