पाल्पाको तानसेनमा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु

असार ०८, २०७७

पाल्पाको तानसेनमा पहिरोले गाडी बगाउँदा तीनजनाको मृत्यु भएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो।

पहिरोमा परी दुईजनाको घटनास्थलमा नै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले मृतकको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

पहिले नै आएको पहिरोले अवरुद्ध सडकमा रोकिएर रहेका मिनी ट्रक र ट्यांकरलाई पहिरोले बगाएको प्रहरीले जनाएको छ । पहिरोले एउटा कार र कुखुरा बोक्ने जिपमा समेत क्षति पुर्‍याएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी मदन गिरीको कमाण्डमा १५ जनाको टोली खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस