कोरोना महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउनुस् : डब्लुएचओ नेपाल

असार ०८, २०७७

नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ

विश्व स्वास्थ्य संगठनका प्रमुख डा जोस भ्यान्देलियरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरी नसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन्।

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ(आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए।

उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औँल्याए। भीडभाडमा नजान, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुनपानीले हात धुन पनि उनको आग्रह छ। 

‘लकडाउन हामी सबैका लागि गाह्रो कुरा  थियो। घरमै बस्नु पर्यो। साथी भाईलाई भेट्न पाईएन। काममा जान पाईएन। अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौँ। काममा जान पाएका छौँ। नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौँ, उनले भने, तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन। महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौँ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ।

यसका लागि हामी आफैले केही कदमहरु चाल्नु जरुरी रहेको उनको भनाइ छ। संक्रमणलाई नियन्त्रण गर्न हामीले भौतिक दुरी कायम गर्ने,  कपडाकै भएपनि मास्क लगाउनुपर्ने उनको सुझाव छ।

विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउन आवश्यक हुन्छ। मास्क कपडाकै भएपनि हुन्छ। साबुनपानीले बारम्बार हात धुन पनि उतिकै जरुरी छ। किनभने संक्रमित व्यक्तिलाई  तपाईंले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईंको हातले मुखलाई, नाकलाई छुँदा त्यहाँबाट भाइरस तपाईको शरीरमा प्रवेश गर्छु उनले भने, ुत्यसैगरी खोक्दा मुख छोप्नुका साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने। यी कुराहरु तपाईहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउदैन र भाइरस मर्छ.

भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय मात्र भएको र अर्को उपाय सतर्कताका नियम पालना गर्नु भएको उनले बताएका थिए। 

प्रतिक्रिया दिनुहोस