नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित

असार ०८, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५३५ जनामा संक्रमण देखिएको हो। 

आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ। 

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

प्रतिक्रिया दिनुहोस