गण्डकी प्रदेशका थप १९ जनामा कोरोना संक्रमण

असार ०७, २०७७

नेपालमा थप १९ जनाका कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको हो। 

महाशाखाका अनुसार स्याङजामा १०, नवलपरासी पूर्व १, कास्की २, बाग्लुङ ५ र तनहुँमा १ जनामा संक्रमण देखिएको हो। सबै भारतबाट फर्किएकाहरु रहेको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको महाशाखाले जनाएको छ। उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको महाशाखा निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्। 

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२३ पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय ५१ पुगेको छ। नेपालमा हालसम्म २२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस