१७ महिने बालिकाले जितिन् कोरोना

असार ०६, २०७७

दाङ– दाङमा १७ महिने बालिकाले कोरोना जितेकी छन्।

घोराही उपमहानगरपालिका वडा नं. १ निवासी ती बालिकालाई डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए।

यस्तै घोराही उपमहानगरपालिका–४ र बबई गाउँपालिकाका एक–एक जनाले कोरोना जितेका छन्। घोराही–२ का १९, २६ र ३० वर्षीय तथा बबईका १९ बर्षीय पुरुषले कोरोना जितेर घर फर्केका छन्।

योसँगै बेलझुण्डी अस्पतालबाट हालसम्म ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। अहिले बेलझुण्डीमा ४८ संक्रमितको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस