नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया
नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ। रुपन्देहीको भीम अस्पतालबाट रेफर गरिएकी कृष्णनगरकी २७ वर्षीया महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको हो।

शुक्रबार राति भर्ना गरिएकी ती महिलाको शनिबार बिहान ५.२५ बजे २.४ केजी तौलको बच्चाको जन्म भएको कलेजले जनाएको छ। नवजात शिशु र आमा स्वस्थ रहेको पनि कलेजले उल्लेख गरेको छ।
शल्यक्रियामा डा कविता सिन्हा, डा रविन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाहालगायतको टोली सहभागी थियो।
प्रतिक्रिया दिनुहोस