स्वास्थ्यकर्मीमा संक्रमण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका सेवा बन्द

असार ०६, २०७७

तुलसीपुर। दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रतिष्‍ठानका सबै सेवा दुई दिनका लागि बन्द गरिएको छ।

हिजो गरिएको स्वाब परीक्षणमा प्रतिष्‍ठानमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि सबै सेवा बन्द गरिएको प्रतिष्‍ठानले जारे गरेको विज्ञप्ति उल्लेख छ।

प्रतिष्‍ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजिटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस