कोरोना उपचारपछि थप २१६ जना डिस्चार्ज, निको हुनेको संख्या १४०२
शुक्रबार थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

९ जना महिला र २ सय ७ जना पुरुष कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसहित नेपालमा हालसम्म १ हजार ४ सय २ जना उपचारपछि निको भएका छन्।
नेपालमा बिहीबारसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस