लमहीमा औद्योगिक ग्राम बन्ने

असार ०४, २०७७

लमही,४ असार । लमही नगरपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि डिपिआर तयार भएको छ ।

लमही नगरपालिका–७ को हस्नापुरमा औद्योगिकग्राम स्थापनाका लागि डिपिआर गरेको हो । नगरपालिकाले सिद्धार्थ इन्स्टिच्युट अफ रिसर्च कन्सल्टेन्सी प्राइभेट लिमिटेड बुटवलसँग विस्तृत परियोजना रिपोर्ट तयार गर्नकासाथै परामर्श सेवा खरिदका लागि सम्झौता गरेको थियो ।

उक्त सम्झौता बमोजिम कन्सल्टेन्सीले १२ लाख ५० हजार रुपैया खर्च गरेर विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) बिहिबार सार्बजनिक गरेको छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर सन्तोष पाण्डेले औद्योगिक ग्रामको लागि बिस्तृत परियोजनाको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु दामा शर्मा, रेवतीरमण शर्मा, ईन्द्रजित थारु, सरस्वती गौतम, उपप्रमुख देवका बेलबासे, वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरी, जिल्ला समन्वय समिति दाङ प्रमुख जितेन्द्रमान नेपाली, नेकपा लमही नगर सचिब बसन्तराज शर्मा ’बिक्रान्त’, नेपाली कांग्रेस क्षेत्र नं. १ का उपसभापती देवानजंग चौधरीलगायतले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस