तुलसीपुरका २ सहित दाङमा तीनजनामा कोरोना संक्रमण

असार ०४, २०७७

दाङ-दाङमा बिहीबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरका २ र शान्तिनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै शान्तिनगर गाउँपालिकामा संक्रमित भेटिएको यो पहिलो घटना हो । जिल्लाको दंगिशरण गाउँपालिकामा पनि संक्रमित भेटिएका छैनन् ।

तुलसीपुर उपमहानगरपालिका १५ को भिउडर माविको क्वारेन्टाईनमा रहेका ५६ जना मध्य एक जना ४७ बर्षिय पुरुष, तुलसीपुर १५ कै मावि कालाखोला क्वारेन्टाईनमा रहेका ४६ जना मध्य एक जना २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी, शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाईनमा रहेका ९१ जना मध्य ४८ बर्षिय एक जना पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

यसैविच घोराही उपमहानगरपालिकाको नारायणपुर स्थित आइसोलेशनमा भर्ना भएका संक्रमित मध्य ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पुनः जाँच गरिएको ५ जना मध्य एक जनामा भने कोरोना भाइरसको संक्रमण कायमै रहेको देखिएको छ ।

बितेको २४ घण्टामा प्रतिष्ठानमा एक सय ८ जनाको स्वाब परिक्षण भएकोमा ४ जनाको पोजेटिभ नतिजा आएको हो । यो सँगै दाङमा कोरोना संक्रमितको २ सय ५५ पुगेको छ । अब प्रतिष्ठानमा ३ हजार ९ सय ४७ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको छ।

प्रतिष्ठानमा अहिले स्वाब परिक्षणका लागि आबस्यक पर्ने केमिकल सकिए पछि थोरै मात्रै जाँच भएको बताईएको छ । उक्त केमिकल बिहिवार बेलुका सम्म आउने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस