दाङमा स्वाब संकलन कार्यमा खटिएकी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

असार ०३, २०७७

दाङ– काेराेना परीक्षणका लागि स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारको लागि आइसोलेशनमा भर्ना गरिएको छ।

राजपुर गाउँपालिकामा ल्याब असिस्टेन्ट पदमा कार्यरत २५ वर्षिया महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हाे।

‘धेरै ठाउँमा नमुना संकलनमा उहाँ खट्नु भएको थियो। पछि उहाँको पनि पिसिआर जाँच गर्दा कोरोना पुष्टि भयो’, राजपुर स्वास्थ्य शाखा संयोजक कमल रोकायले भने, ‘अहिले उहाँलाई उपचारको लागि कोरोना उपचार आइसोलेशन सेन्टर मौरीघाटमा पठाइएको छ।’

राजपुर गाउँपालिकामा अहिलेसम्म ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस