बाँकेकी एक महिलाको कोरोनाबाट मृत्यु
सोमबार बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी ४६ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ।

बैजनाथ गाउँपालिका वडा नम्बर ६ कि बासिन्दा ती महिला जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन्।
मृत्युपूर्व असार १ गते दिउँसो १२ बजे नै उनको स्वाब संकलन गरिएकोमा मंगलवार बेलुका ८ बजे मात्रै रिपोर्ट आएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।
बाँकेको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हुँदा बुधवार मात्रै ती महिलाको शव व्यवस्थापन कार्यविधि अनुसार अन्तेष्टिको तयारी गरिएको श्रेष्ठले बताए ।
‘उहाँ कतै बाहिरवाट आउनु भएको हैन र उहाँ किड्नीको विरामी हुनुहुन्थ्यो,’ श्रेष्ठले भने ‘उहाँलाई कसरी संक्रमन भयो अझैं खुल्न सकेको छैन।’ मृतकको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गरिने श्रेष्ठले जानकारी दिए ।
यसअघि बाँकेको नरैनापुर गाउँपालिका वडा नं. २५ वर्षीय एक युवाको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनी छिमेकी देश भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यो संगै बाँकेमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
प्रतिक्रिया दिनुहोस