विश्वभर ८१ लाख ४५ हजार संक्रमित, ४ लाख ४० हजारको मृत्यु

असार ०३, २०७७

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८१ लाख ४५ हजार ४७ पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ३४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार  ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ४० हजार ६ सय कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १६ हजार ८ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा ४५ हजार २ सय ४१, बेलायतमा ४२ हजार ५४, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।

विश्वभर ३९ लाख ३९ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक ५ लाख ८३ हजार ५ सय ३ जना छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ८७ हजार ४४, रुसमा २ लाख ९३ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस