दाङमा थपिए ५६ कोरोना संक्रमित, संक्रमितको संख्या २४२

असार ०२, २०७७

दाङमा एकै दिन ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाना गरिएको कोरोना परीक्षणका क्रममा दाङ ५६ जना कोरोना संक्रमित थपिएका हुन ।

संक्रमित मध्य ४६ जना पुरुष र १० जना महिलाहरु रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या दुई सय ४२ जना पुगेको छ ।

उनीहरु मध्य घोराही उपमहानगरपालिका वडा नंं ४ मा ४७ जना रहेका छन् । त्यसैगरी घोराही–१२ का ४ जना, घोराही–११ जना रहेका छन् ।

अन्य दुई जना पनि घोराही उपमहानगरपालिकाकै रहेपनि वडा खुलेको छैन । प्रतिष्ठानमा कोरोना पुष्टि भएका मध्य सल्यान कुमाख गाउँपालिकाका एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस