तुलसीपुरको नीति तथा कार्यक्रम असार ५ मा

जेठ ३२, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम असार ५ गते आउने भएको छ । उपमहानगरपालिकाकाको कार्यपालिका बैठलेकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी दिए ।


प्रवक्ता डाँगीका अनुसार असार ५ गते ११ वजे नगरप्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । चालु आर्थिक वर्षलाई सडक वर्षका रुपमा मनाएको उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई स्वास्थ्य, शिक्षा र कृषि वर्षका रुपमा मनाउने भएको पनि प्रवक्ता डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस