तुलसीपुर सहित दाङ्गमा एकैदिन ४६ जना कोरोना संक्रमित भेटिए

जेठ ३२, २०७७

दाङमा आइतबार एकैदिन ४६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्।

बंगलाचुली गाउँपालिकामा मात्रै आइतबार एकैदिन ४४ संक्रमित थपिएका छन्।

योसँगै दाङको बंगलाचुलीमा मात्रै ६८ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको परीक्षण अनुसार तुलसीपुर उपमहानगरपालिकामा वडा नं. १७ का १ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस