विश्वभर ४ लाख २९ हजारको मृत्यु, के छ सार्क राष्ट्रको अवस्था?

जेठ ३२, २०७७

विश्वभर ७७ लाख ६३ हजार ९ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख ७१ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख ५० हजार ५ सय १४, रुसमा ५ लाख १९ हजार ४ सय ५८, भारतमा ३ लाख ८ हजार ९ सय ९३, बेलायतमा २ लाख ९५ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख २९ हजार ६ सय ३२ हजार कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १५ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा ४२ हजार ७ सय २०, बेलायतमा ४१ हजार ७ सय ४७, इटालीमा ३४ हजार ३ सय १, फ्रान्समा २९ हजार ४ सय १, स्पेनमा २७ सय १ सय ३६ जनाको मृत्यु भएको छ।

विश्वभर ३६ लाख ८२ हजार ९ सय ५० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ५ लाख ५६ हजार ६ सय ६ छ। त्यस्तै, ब्राजिलमा ४ लाख ४९ हजार २ सय २५, रुसमा २ लाख ७४ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ५ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार बिहान मात्रै दुई जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ९ सय १३ जना संक्रमणमुक्त भएका छन् भने  १८ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ९ हजार १ सय ९९ पुगेको छ। भारतमा हालसम्म १ लाख ६२ हजार ३ सय २६ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म १ लाख ३२ हजार ४ सय ५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा २ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ५० हजार ५६ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या १ हजार ८ सय ८४ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार २ सय ५२ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ८४ हजार ३ सय ७९ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार १ सय ३९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १७ हजार ८ सय २८ छ।

अफगानिस्तानमा संक्रमितको संख्या २४ हजार १ सय २ पुगेको छ। अफगानिस्तानमा ४ सय ५१ जनाको मृत्यु भइसकेको छ भने ४ हजार २ सय १ जना उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ६२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २० छ।

माल्दिभ्समा संक्रमितको संख्या २ हजार १३ छ। मृत्यु हुनेको संख्या ८ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार २ सय १७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस