भूमि फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता देखियो : देउवा

जेठ ३१, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता प्रदर्शित भएको बताएका छन् । 

प्रतिनिधी सभाको बैठकमा शनिबार बोल्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यो भूमि नेपालमा समेट्नु जायज र स्वभाविक भएको बताए ।

उनले याे राष्ट्रिय एजेण्डाको विषय भएकाले सबै दलहरुले साथ दिएको बताए । 

सीमाका विषयमा काली नदी नै सीमा रेखा स्पष्ट उल्लेख भएको भन्दै उनले आफ्नो भूमि समेट्नु नेपालको स्वभाविक कार्य भएको बताए ।

उनले भने, ‘काली नदी पूर्वको जमिन नेपालको हो भन्ने कुरा स्पष्ट छ । हाम्रो पार्टीको केन्द्रिय समिति बैठकले पनि सशोधन प्रस्तावका पक्षमा निर्णय गरेको छ । यो संशोधन प्रस्तावलाई हाम्रो केन्द्रिय समितिले पूर्ण रुपमा समर्थन गरेको छ भने संसदिय दलले पनि पुर्ण समर्थन गरेको छ । यसमा सबै पार्टीको समर्थन देखिनु, यो नेपालीहरुको राष्ट्रिय एकता र नेपालको हितमा देखिएको छ । नेपालीहरु जुनसुकै ठाउँमा भए पनि राष्ट्रिय हितका लागि, सार्वभौमसत्ताका लागि, अखण्डताका लागि एकजुट छन् भन्ने कुरा स्पष्ट भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस